१६ भदौ, काठमाडौं ।
खाडीका देशहरुबाट पासपोर्ट बनाउँदा लाग्ने न्यूनतम शुल्क घट्ने भएको छ ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयवाट आज खाडी राष्टहरुबाट पासपोर्ट बनाउनको लागी अहिले लिदै आएको रकममा करिव ३ हजार रुपैयाँ घटाउने निर्णय भएको हो ।

परराष्ट मन्त्री डा प्रकाश शरण महतले हाल लाग्दै आएको ८० डलर करिव ८ हजार नेपाली रुपैयाँबाट घटाएर नेपाली ५ हजार रुपैयाँ लाग्ने निर्णय गरेका हुन् ।

मन्त्री स्तरिय यो निर्णय अघि राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।

यो निर्णय कार्यान्वयनमा आउनको लागि करिव तीन महिना लाग्ने छ ।

24.96¡ÆC