काठमाडौं, भदौ २ । आयोजक लिटिल एन्जल्स (एलए) स्कुलका आयुशमान नान्जु र युलेन्सका आर्यन गिरी नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आयुशमानले प्रिमियरका सम्राज्ञ कटुवाललाई ७–६ र ६–३ तथा आर्यनले एलएका निरज महासेठलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा एलएका पीयूष सिंहले द ब्रिटिस स्कुलका निङवाङ राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे ।

त्यसैगरी, काष्ठमण्डपका सहर्ष चन्दले एलएका विशेषप्रसाद जोशीलाई ६–१ र ६–२ ले पाखा लगाउदै अन्तिम आठमा स्थान पक्का गरे । त्यसै स्पर्धाको गल्र्समा ब्रिटिसकी क्याथ्रिन माथेमाले माल्भर्नकी इशिका अग्रवाललाई ६–० र ६–१ तथा आईडियलकी प्रेरणा कोइरालाले काष्ठमण्डपकी अल्शा रेग्मीलाई ६–१ र ६–० ले पन्छयउदै क्वाटरफाइनलमा स्थान बनाए ।

यु–१० ब्वाइज सिंगल्समा रातो बंगलाका मायांक भट्टराईले एलएका सुयोग प्रसाईंलाई ८–६ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे । मायांकसंगै एलएका सिद्धान्त राई, एलएका सक्षमविक्रम शाह, नेपाल प्रहरी स्कुलका शिभम महर्जन, सेन्ट जेभियर्सका आयुश जोशी, प्रहरीका सरोज लामा, काष्ठमण्डपका प्रणव मानन्धर, पेनउडका अकी जुवेन रावत, प्रहरीका निभाष रावत, मेथन जोशी र प्रसिद्ध बस्नेत, केन्द्रीय विद्यालयका राजवीर प्रधान, एलएका विराट जोशी, युरो किड्सका आदित्य सुवेदी तथा सेन्ट जेभियर्सका आरभसम्राट हाडा पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरे ।

यु–१४ ब्वाइज सिंगल्समा शुभताराका सम्यकभूषण वज्राचार्य, युलेन्सका आर्यन गिरी, प्रहरीका प्रमोद बुढाथोकी र छविलाल रावत, सेन्ट जेभियर्सका अदित सुवेदी, प्रहरीका विनय बटास, एलएका स्वराज केसी तथा काष्ठमण्डपका सहर्ष चन्दले क्वाटरफाइनल यात्रा तय गरे ।

सोही स्पर्धाको गल्र्समा पेनउडकी इरा रावत, रातो बंगलाकी सर्वानी श्रेष्ठ, काष्ठमण्डपकी अल्शा रेग्मी, सेन्ट जेभियर्सकी अभिलाषा विष्ट, एलएकी सलोनी तामाङ, प्रिमियरकी सुरभी कटुवाल, एलएकी सिकुम लिम्बू तथा आईडियलकी प्रेरणा कोइराला क्वाटरफाइनलमा पुगे ।

19.12¡ÆC