नयाँ टाटा पञ्च ईभीको उत्साहजनक बुकिङसँगै नेपालभर डेलिभरी सुरु

भदौ १, २०८३ मा प्रकाशित | 110 views

नयाँ टाटा पञ्च ईभीको उत्साहजनक बुकिङसँगै नेपालभर डेलिभरी सुरु

नुवाकोट । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीको नेपालमा उत्साहजनक बुकिङसँगै देशभर डेलिभरी सुरु भएको छ। नयाँ पञ्च ईभी नेपालभरका टाटा मोटर्सका शोरुमबाट एकैसाथ सार्वजनिक गरिएको थियो।

कम्पनीका अनुसार बुकिङ खुला भएसँगै ग्राहकलाई गाडीको डेलिभरीसमेत सुरु गरिएको हो। नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यद्यपि, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।

एक्स्पो अवधिमा नयाँ पञ्च ईभी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ।

अत्याधुनिक ‘Acti.ev’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालका सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा समावेश गरिएको छ।

कम्पनीले नयाँ पञ्च ईभीले आधुनिक डिजाइन, सुरक्षा, प्रविधि र विद्युतीय सवारीको उच्च रेन्जलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web