भारी वर्षापछि तादीमा ठूलो पहिरो, करिब २० घरपरिवार जोखिममा

साउन २६, २०८३ मा प्रकाशित | 81 views

भारी वर्षापछि तादीमा ठूलो पहिरो, करिब २० घरपरिवार जोखिममा

नुवाकोट — यही साउन २४ गते राति परेको भारी वर्षाका कारण नुवाकोटको तादी गाउँपालिका–३ स्थित अल्छेढुङ्गा–स्यालेडाँडा मुनि (घट्टे खोला जाने बाटो) ठूलो पहिरो गएको छ। पहिरोका कारण उक्त क्षेत्रको बस्ती जोखिममा परेको छ।

स्थानीयवासीले तत्काल पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न माग गरेका छन्। समयमै पहिरो नियन्त्रणमा ध्यान नदिए आगामी दिनमा थप ठूलो प्राकृतिक विपद् निम्तिन सक्ने तथा मानवीय र भौतिक क्षति हुनसक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

पहिरोका कारण अल्छेढुङ्गा–स्यालेडाँडा मुनिको टोलमा बसोबास गर्दै आएका करिब २० घरपरिवार जोखिममा परेका छन्। स्थानीय पहिरो प्रभावित पुष्कर तामाङका अनुसार निरन्तर वर्षाका कारण जमिन दिनहुँ कमजोर बन्दै गएकाले जुनसुकै बेला थप ठूलो पहिरो जान सक्ने अवस्था रहेको छ।

स्थानीयवासीले तादी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ३ का अध्यक्ष तथा पालिकास्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूलाई तत्काल स्थलगत अवलोकन गरी पहिरो नियन्त्रणका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web