
नुवाकोट । नुवाकोट क्रसर उद्योग संघको १२ औँ साधारणसभा तथा अधिवेशन मार्फत बर्ड स्टोन क्रसर उद्योग प्रालीमा आबद्ध विष्णुभुषण चित्रकार अध्यक्ष सहित नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा विष्णुभुषण चित्रकार सहित उपाध्यक्षमा आत्मा श्रेष्ठ, सचिवमा संजोग दुराल (सुनार) र कोषाध्यक्षमा प्रकाश कुवर सर्वसम्मत चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी, सदस्यहरुमा नवराज ढुङ्गाना, रामबाबु जिसी, रमेश मिश्र सर्वसम्मत चयन हुनुभयो । सल्लाहकार समितिमा सुन्दर दुवाल, शिवप्रसाद अधिकारी, कृष्ण अधिकारी, राजाराम अधिकारी, राजेन्द्र श्रेष्ठलाई राखिएको छ ।
अध्यक्षमा चयन भएपछि विष्णभुषण चित्रकारले विकास निर्माणको क्षेत्रमा अपरिहार्य रहेको नदी तथा खानीजन्य सामाग्रि मार्फत सञ्चालनमा रहेको क्रसर व्यावसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नहुदाँ लगानीमैत्री वातावरण नभएको, व्यावसायीहरु निराश हुदैँ पलायन हुनुपरेको, करोडौ रुपैयाँ राजश्व तिर्दै आएपनि कम्पनी नविकरणको लागी विभिन्न अबरोध गर्दै आएकाले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध भएर समस्या समाधानको लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नयाँ नेतृत्व चयन हुनुअघि कार्यक्रमको उद्घाटन समारोह नुवाकोट क्रसर उद्योग संघमा अध्यक्ष शिव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी संघका केन्द्रीय उपाध्यक्ष देवराज लुईटेल, सचिव सुजन रेग्मी, सहकोषाध्यक्ष बिनोदराज श्रेष्ठ, कार्यालय सचिव कृष्णप्रसाद ढकाल, सहित नुवाकोटमा क्रसर तथा खानी सञ्चालन गर्दै आएका उद्यमी व्यावसायीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नुवाकोट क्रसर उद्योग संघको अनुसार हाल नुवाकोटमा १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । सरकारले आवश्यक कानून जारी नगर्दा र क्रसर व्यावसायी प्रति दमनकारी नीति अवलम्वन गरेका कारण लामो समयदेखि ती क्रसर उद्योगहरु नविकरणको समस्या खेप्दै आएका छन् ।
16.96¡ÆC