रास्वपाको जीत शुरू, काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

फाल्गुन २२, २०८२ मा प्रकाशित | 167 views


काठमडौँ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले जीतको शुरूवात गरेको छ । अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो ।

उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याउनु भएको छ । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३ सय ४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४ सय २६ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web