बैशाखमा बाह्र स्थानमा मोतियाविन्दु पहिचान शिविर आयोजना, पहिलो दिन बानियाटारमा सम्पन्न

बैशाख ४, २०८३ मा प्रकाशित | 60 views


नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगङा आँखा प्रतिस्ठान गौशाला काठमान्डौ र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको समन्वयन तथा सहयोग र स्थानिय आयोजकहरुको आयोजनामा यही बैशाख ३ गते पन्चकन्या गाउँपालिका वडा न १ बानियाटार स्वास्थ्य चौकीमा एकदिने मोतियाविन्दु छनौट शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा १५६ जनाले आँखा परिक्षण गरेका छन् भने १५ जना अप्रेशन गर्नको लागि सिफारिस भएको तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको प्रमुख ताराबहादुर वाइवाले जानकारी दिनुभयो । उहाको अनुसार छनौट भएका बिरामीहरुलाई यही बैशाख महिनाको २१ र २२ गते तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टरद्वारा अप्रेशन गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको समन्वयनमा नयाँ वर्ष २०८३ लागेलगत्तै सुरु भएको मोतियाविन्दु छनौट शिविर यही बैशाख महिनामा जिल्लाको विभिन्न बाह्र स्थानमा आयोजना गरिएको छ ।

स्थानीय पालिका, रेडक्रसको उपशाखाहरु, स्वास्थ्य सँस्था, विद्यालयसंगको सहकार्यमा एकैसाथ जिल्लाभरका सेवाग्राहीलाई लक्षित गर्दै आयोजना गरिएको शिविरहरुबाट पहिचान भएका मोतियाविन्दु भएका बिरामीको लागी सहुलियत शुल्कमा शल्यक्रियाको समेत नुवाकोटमा नै मिलाइएको नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरी श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web