
नुवाकोट । नुवाकोट क्रिकेट संघको आयोजनामा सञ्चालित ‘१३औं नुवाकोट जिल्ला विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जेडी बोर्डिङ स्कुलले जितको छ ।
आज भएको फाइनलमा गणेश भ्यू बाटिकालाई जेडी बोर्डिङ स्कुलले चार विकेटले हराउदै उपाधि जितेको नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
पहिले व्याटिङ गरेको गणेश भ्यू बाटिकाले १६.२ ओभरमा १० विकेट गुमाउदै ७१ रन बनाएको थियो । मध्यम लक्ष्य पाएको जेडी बोर्डिङ स्कुलले १०.१ ओभरमा ६ विकेटको क्षतिमा जितको लागी आवश्यक रन पूरा गरेको हो ।

प्रतियोगितामा २७ बलमा २१ रन खेल्दै नट आउट रहेका जोहन जेके म्यान अफ द म्याच घोषित भएको जिल्ला क्रिकेट संघ नुवाकोटका सचिव करण खतिवडाले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृट भएको विद्यालयलाई समापन कार्यक्रमका प्रमुख अतिथी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।


18.12¡ÆC