पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

माघ ६, २०८२ मा प्रकाशित | 88 views


काठमाडौँ । पोखरामा आयोजना हुने १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी छन् । प्रतियोगिता पोखरा रङ्गशालामा यही माघ १७ देखि २४ गतेसम्म आयोजना हुनेछ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web