काठमाडौं–१ मा चर्कियो विवाद, राप्रपाले बाँड्न सकेन टिकट, रवीन्द्रले पाए विद्रोहको चेतावनी

माघ ३, २०८२ मा प्रकाशित
Published at माघ ३, २०८२

208 views

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं-१ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन ।

काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुबैजनाको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो ।

क्षेत्रिय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफनो दाबी प्रस्तुत गरेकाछन । मिश्रले पनि आफनो उम्मेदवारी रहने बताएकाछन ।

वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुईपटक पराजित भैसकेका छन भने यसपटक क्षेत्रिय समितिले उनको नाम सिफारिस गरेको थिएन । मिश्रले आफनै पहलमा बैठक राखेर आपनो नाम जिल्ला समितिमा पठाएका थिए ।

राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ । उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए ।

काठमाडौं-१ का वासिन्दाले स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउन पाटीको ध्यानाकर्षण गराएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web