
नुवाकोट । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको “प्रथम खेलकुद साँस्कृतिक तथा पर्यटन उत्सव –२०८२” को अवसरमा टि–२० अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बेलकोटगढी नगरपालिकामा रहेको बेलकोटगढी क्रिकेट समितिले आरम्भ आर्ट बट्टारसंगको सहकार्यमा प्रथम चिम्टेश्वर टि–२० अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
“प्रथम खेलकुद साँस्कृतिक तथा पर्यटन उत्सवको अवसर बनाई यही माघ २ गतेदेखि सुरु भएर ३ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुन चारटिम दर्ता भएको बेलकोटगढी क्रिकेट समितिको संयोजक रबिन दाहालले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रतियोगिताको लागी आयोजक बेलकोटगढी सहित नुवाकोटको विदुर नगरपालिका र धादिङको गल्छी र थाक्रे गाउँपालिका दर्ता भएका छन । प्रतियोगिताको उद्घाटन खेलमा माघ २ गते बिहान ८ बजे बिदुर र गल्छी प्रतिस्पर्धा गर्नेछन भने ११ बजे बेलकोटगढीले थाक्रेसंग प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट अन्तरगत प्रतिस्पर्धा हुने भएकाले बिजयी टिम सिधै फाइनल प्रवेश हुनेछ । फाइनल खेल माघ ३ गते बिहान १० बजेदेखि सञ्चालन हुने छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

खेलको म्यान अफ दी म्याचले नगद एक हजार, ५० रन भन्दा बढी ल्याउनेलाई नगद एक हजार, एक इनिङमा ३ विकेट लिनेलाई नगद एक हजार, एकसय रन पूरा गर्नेलाई नगद ३ हजार र एक इनिङमा ६ विकेट लिनेलाई नगद ३ हजार प्रदान गरिने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु बेलकोटगढी नगरपालिका–७ स्थित न्यूभिजन खेल मैदान जरुवामा हुनेछ छ ।
प्रतियोगितामा सह-आयोजक न्यू भिजन युवा क्लब र कञ्चना देउराली युवा क्लब रहेको छ भने मिडिया पार्टनरमा रेडियो चिम्टेश्वर नुवाकोट रहेको छ ।
14.12¡ÆC