
पुजना खतिवडा,
विदुर । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसको क्रियाशिल सदस्य बाह्र हजार हाराहारीमा पुगेको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ का सभापति जगतबहादुर तामाङको अनुसार क्षेत्र नं २ मा नयाँ क्रियाशिल सदस्य पाच हजार ९६२ जना रहेका छन् ।
पन्ध्रौँ महाधिवेशनलाई लक्षित गर्दै हाल वडा, पालिका, प्रदेस हुदै क्षेत्रीय कार्यसमितिमा प्राप्त भएको नयाँ क्रियाशिल सदस्य सङ्ख्या विगतका वर्षको तुलनामा निकै बृद्धि भएको हो । नयाँ सदस्यता वितरणको लागी वडा समितिमा पठाइएको आवेदन फारम सहित तोकिएको शुल्क, आवश्यक कागजात, फोटो सहित प्रमाणिकरण भएर क्षेत्रीय कार्यसमितिबाट जिल्ला कार्यसमितिलाई बुझाइएको क्षेत्रीय सभापति तामाङले जानकारी दिनुभयो ।

पाटीको केन्द्रीय सर्भर प्रणालीमा नाम, ठेगाना, सदस्यता नं, नागरिकता नं सहितको विवरण अध्यावधिक गर्ने कार्य सम्पन्न भइसकेकाले जिल्ला कार्यसमितिलाई बुझाइएको यो पाच हजार ९६२ क्रियाशिलहरुके नामावली सदस्य बन्न योग्य भएर आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं २ मा नयाँ क्रियाशिलबाट थप हुने पाच हजार ९६२ पश्चात र नविकरणको लागी निवेदन दिने सङ्ख्या पाच हजार ९२२ जना रहेकाले यो पटक नुवाकोट काँग्रेसमा क्रियाशिल शतप्रतिशत भन्दा बढीले बृद्धि भएको छ । यो सङ्ख्याले क्षेत्र नं २ मा काँग्रेसको क्रियाशिल बाह्र हजार हाराहारीमा पुगेको हो । यो सदस्य सङ्ख्या अन्य राजनीतिक दलहरुको तुलनामा सबैभन्दा धेरै हुन आउने काँग्रेसले दाबी गरेको छ ।
सदस्यता वितरण र नविकरण उत्साहजनक:
काँग्रेसको पन्ध्रौँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशिल सदस्यता वितरण सङ्ख्यात्मक रुपमा उत्साहजनक बनेको छ । विगतका वर्षमा विभिन्न विवादका कारण सदस्यता वितरण निकै न्यून रहदाँ त्यसको प्रभाव नविकरणमा पनि देखिने गरेको थियो । तर, यो पटक भने उत्साहजनक सहभागिता रहेको काँग्रेसले जनाएको छ ।
सदस्यता वितरण एंव नविकरणको लागी आवश्यक कागजात अनिवार्य पूरा भएको केन्द्रीय निर्देशन रहेको छ । नयाँ सदस्यता लिन चाहने व्यक्तिले आफै निवेदन दिनुपर्ने, आफू बसोबास गरेको स्थानबाट मात्रै सदस्यता लिन पाइने सहितको मापदण्ड रहेको छ भने नविकरणको लागी पनि सोही अनुसारकै मापदण्ड बनाइएको छ ।
यो अबस्थामा पनि ७० प्रतिशत भन्दाबढीको नविकरण प्रक्रियामा रहेको नेपाली काँग्रेस विदुरका नगरसचिव सुजन गजुरेलले जानकारी दिनुभयो । उहाँको अनुसार पुराना क्रियाशिलको सदस्यता नविकरणमा मृत्यु भएका, शिक्षक, स्वास्थ्यकर्मी लगायत सरकारी कर्मचारीको नपाइने हुदाँ प्रतिशतको आधारमा केही कमी देखिएको हो ।

“पाटी छाडेर जाने, क्रियाशिल नविकरण गर्न नचाहनेको सङ्ख्या एकदम न्यून अर्थात हातमा गन्न सक्ने सङ्ख्यामा मात्र रहेको छ ।” सचिव गजुरेलले भन्नुभयो “अहिलेको विषम परिस्थिती, युवा वर्गमा राजनीतिक प्रति आकर्षणको कमी भइरहेको भन्ने अबस्थामा पनि त्यो प्रभाव काँग्रेसलाई परेको छैन । नविकरणमा केही व्यक्तिले इच्छा नदेखाएको सत्य हो तर, नयाँ क्रियाशिलका लागी आवेदन दिने अधिकांश वर्गको युवाहरुको सभागिता छ ।”
काँग्रेस क्षेत्र नं २ को क्रियाशिल सदस्य बाह्र हजार हाराहारीमा पुगेका छन् । यो सङ्ख्याले आगामी फागुन २१ को चुनाव जित्न उनीहरुले एक क्रियाशिल सदस्यले अर्को थप एक–एक भोट बढाए पनि सहजै पुग्ने देखिएको छ । क्षेत्र नं २ मा कुल मतदाता सङ्ख्या एकलाख २३ हजार ९२९ जना छन् । त्यो मध्ये सामान्यतया ६५ प्रतिशत मत खस्ने गरेको विगतको तथ्याङ्कले देखाउदै आएको छ । निर्वाचन क्षेत्र नं २ मा दलहरुबीच एकल–एकल प्रतिस्पर्धा भएमा २० हजार सदर मत कटाउन सक्नेले चुनाव जित्ने अबस्था रहको छ ।
त्यसको लागी काँग्रेससंग अहिले बाह्र हजार क्रियाशिल सदस्यता भएकाले चुनाव जित्न एक क्रियाशिल सदस्यले थप एक भोट बढाएमा पनि २० हजार भन्दाबढी मत काँग्रेसलाई पुराउन कुनै कठिन नहुने देखिन्छ । क्रियाशिलको नयाँ सदस्यता वितरण र नविकरणले नुवाकोटमा काँग्रेस क्षेत्र न. २ बलियो अबस्था सहित उत्साहित देखिएको छ ।
17.12C