पछिल्ला वर्षहरूमा कर बक्यौता चुलिँदै, झन्डै ९५ अर्ब रुपैयाँ कर उठ्न बाँकी

मंसिर २८, २०८२ मा प्रकाशित | 284 views


काठमाडौँ । नेपाल सरकारको उठ्न बाँकी कर बक्यौता झन्डै ९५ अर्ब रुपैयाँ पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी रकम ९४ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो ।

विभागका अनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाएको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ उठेको छ । याे प्रगति लक्ष्यको ७८ दशमलव १ प्रतिशत हो ।

नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन २०५८ को दफा ९६ अनुसार स्वयम् घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

विवरण अनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट निर्धारण भएका कर रकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम बक्यौता कायम हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web