
नुवाकोट । लोकप्रीय सहकारीको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको विदुर नगरपालिकाक नगर प्रमुख राजन श्रेष्ठले उदघाटन गर्नु भएको थियो । सहकारीको स्थपनाकालमा ७५ जना शेयर सदस्य रहेकोमा हाल ५ सय १९ जना पुरुष र ५ सय ५७ जना महिला गरी १ हजार ७६ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभाम सहकारीका अध्यक्ष चन्द्र बहादुर कुमालले बार्षिक प्रतिबेदन तथा भावि कार्यायोजना प्रस्तुत गर्नु भएको थियो । सहकारीले उत्पादनमुलक क्षेत्रमा लागानि गरीने र अघिल्लो वर्ष जस्तै कृषि औजारहरु वितरण गरीने प्रस्तुत प्रतिवेदनमा उल्लेख गरेको छ ।
सहकारीका कोषाध्यक्ष रामहरी घिमिरेले अर्थिक वर्ष २०८१–८२ को आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष २०८१–८२ मा १० करोड ९२ लाख रुपैया लगानि गरी ३ लाख ८४ हजार रुपैया नाफा गर्न सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको छ । त्यस्तै सहकारीका लेखा समितिको तर्फबाट राजु मगरातीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाको प्रमुख अतिथि नगर प्रमुख राजन श्रेष्ठले लोक प्रिय सहकारीले समुदायमा रहेका सबै वर्गलाई समेटेर सेवा विस्तार गर्दै आएको बताउदै सहकारीको प्रशंसा गर्नुभयो ।
उहाले कार्याक्रमलाई सम्बोधन गर्ने क्रममा सहकारीले आर्थिक विकास संगै समुदामा पिछडिएका वर्ग, महिलाहरुलाई विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चालन लगायतका कार्यहरु प्रशंसनीय रहेको बताउदै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै विनपा ५ का अध्यक्ष एंव त्यसै सहकारीका सल्लाहकार लिलानाथ न्यौपानेले समुदायमा रहेका ससान पुजीहरुलाई एकिकृत गरी समुदायको विकासमा लोक प्रीय सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
उहाँले मानिस इमान्दार र असल हुन आवश्यक रहेको एक प्रसंग उठाउदै सहकारीम कारोबार गर्दा आफ्नो इमान्दार कायम राख्न सुझाव समेत दिनुभएको छ ।
सहकारीले वार्षिक उत्सवको अबसरमा शेयर सदस्याका परिवारबाट विभिन्न विधामा उत्कृष्ट हासील गरेकाहरुलाई नगद सहित सम्मान गरेको थियो ।
18.12¡ÆC