
नुवाकोट । तारकेश्वर गाउँपालिकाले आधारभूत तथा माध्यमिक तहका आईटी स्रोत शिक्षककम लागि ५ दिने सूचना प्रविधि (IT) सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।
तालिमको विशेष सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल) ले २१औँ शताब्दी सुहाउँदो शिक्षणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य भएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सिकाइ उपलब्धि हेरी समय व्यवस्थापन गरेर थप ३ दिन तालिम सञ्चालन गर्न शिक्षा शाखालाई निर्देशन दिनुभयो ।
अध्यक्ष अधिकारीले शिक्षकहरू सूचना प्रविधिसँग अभ्यस्त भई विद्यार्थीका लागि प्रविधिमा आधारित सिकाइ क्रियाकलापमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । प्रविधिमैत्री शिक्षाको विकासका लागि यस्ता तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने पनि उहाँको भनाई छ ।
अहलु सञ्चालन भइरहेको ५ दिने तालिम भोलि सम्पन्न हुने छ। अध्यक्ष अधिकारीको निर्देशन अनुसार थप तीन दिन तालिम सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा शाखाले जनाएको छ ।
यसअघि पनि गत वैशाखमा गाउँपालिकाले आधारभूत तहका शिक्षकहरूका लागि यस्तै आईटी तालिम सञ्चालन गरेको थियो ।
यस्ता तालिम, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई चरणबद्ध रूपमा सञ्चालन गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकलाई प्रविधिसँग अभ्यस्त बनाउने योजना अघि बढिसकेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
16.12¡ÆC