
काठमाडौ । नेशनल लघुवित्त वित्तीय सँस्था लि.को जाल्पा शाखा, काठमाडौको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता कार्यक्रम एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
नेशनल लघुवित्त वित्तीय सँस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबको सभापतित्व एंव सँस्थाका सञ्चालक प्रदितकुमार रेग्मीको प्रमुख आतिथ्यतामा बुधबार विभिन्न गतिविधि सहित केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सँस्थाका सञ्चालक प्रदितकुमार रेग्मीले कार्यक्रममा वित्तीय साक्षरताले आर्थिक अनुशासन, बचत संस्कार र उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
उहाँले लघुवित्त संस्थाले ग्रामीण भेगका महिलाहरूलाई समूहमा आबद्ध गराई आत्मनिर्भर बनाउने अभियानमा आफूहरू निरन्तर लागिरहेको जानकारी दिनुभयो । लघुबित्तमा आबद्ध सदस्यहरुसँगको विश्वास, पारदर्शिता र सेवाको गुणस्तर नै संस्थाको सफलता र दीगो विकासको आधार हुने भएकाले नेशनल लघुवित्त वित्तीय सँस्थाले सँस्थागत मर्यादालाई कायम राख्दै उच्च व्यावसायिक विश्वास जित्दै आइरहेको सञ्चालक रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले संस्थाको संरचना, प्रगति विवरण, नीति, सञ्चालन प्रक्रिया लगायत समग्र लघुवित्त प्रणालीसम्बन्धी विस्तृत जानकारी दिनुभयो । लघुवित्त बैंकर्स संघका अध्यक्षसमेत रहनुभएका उहाँले ग्रामीण क्षेत्रको आर्थिक उन्नति र विशेषतः महिलाहरुको सशक्तिकरणमा लघुवित्त संस्थाहरूले खेलेको भूमिकालाई महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रम सञ्चालनको समेत जिम्मेवारी पूरा गर्नुभएका नेशनल लघुवित्त वित्तीय सँस्थाको केन्द्रीय कार्यालयका सञ्चालन विभागमा कार्यरत बरिष्ठ अधिकृत मदन रिजालले वित्तीय पहुँच र सचेतना मार्फत स्थानीयस्तरमा आत्मनिर्भरता, उद्यमशीलता र समावेशी विकासमा उल्लेखनीय परिवर्तन ल्याउनको लागी बत्तीय सँस्थाले प्रत्येक शाखा मार्फत केन्द्र प्रमुख गोष्ठी, उत्कृट समूह र सदस्यलाई सम्मान, सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग एंव राहत वितरण लगायतका गतिविधि सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै जाल्पा शाखा प्रमुख कमल पन्तले केन्द्र प्रमुखहरूमार्फत संस्थाको सेवा प्रवाह अझ प्रभावकारी बनाउने र सदस्यहरूमा वित्तीय अनुशासन, बचत, ऋण व्यवस्थापन लगायतका विषयमा जानकारी विस्तार गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । यस्तै, राम्रो काम गरेको केन्द्र र सदस्यलाई सम्मान गरेर थप उत्साह र जिम्मेवारी दिन प्रयास कार्यक्रम मार्फत गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं ८ का अध्यक्ष रमेश खत्री, वडा नं ११ का अध्यक्ष घनश्याम खड्का, अनुगमन कार्यालय बनेपाको अनुमगन अधिकृत रामचन्द्र लोहनी, शाखा कार्यालय छहरे नुवाकोटका शाखा प्रमुख सिता श्रेष्ठ, सिपाडोल शाखाका नि.शाखा प्रमुख पवन उपाध्याय तथा समूह अध्यक्षहरूको प्रतिनिधित्व गर्दै कविता कुमारी श्रेष्ठसहित विभिन्न अतिथिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट समूह सम्मान अन्तरगत धनेश्वर महिला समूहको तर्फबाट समिता लामा (तामाङ), बुढानिलकण्ठ–१३ महिला समूहको तर्फबाट भूमिका विक र धुम्बराही महिला समूहको तर्फबाट कबिता कुमारी श्रेष्ठलाई कार्यक्रमको प्रमुख अतिथी, सभाध्यक्ष लगायतका अतिथीहरुले सम्मान गर्नुभएको थियो ।
यस्तै, उत्कृष्ट सदस्य सम्मान बचततर्फ सरस्वती रेग्मी र जितकुमारी घले र उत्कष्ट व्यवसायीतर्फ बिमला आचार्यलाई प्रदान गरिएको छ । उत्कृष्ट छनोटको आधार निरन्तरको लगनशीलता, अनुशासन र आर्थिक प्रगति लगायत सँस्थाले निधारण गरेको मापदण्डको आधारमा गरिएको शाखा प्रमुख कमल पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न समूहका अध्यक्षहरूले मन्तव्य राख्दै लघुवित्त संस्थामा आबद्ध भएपछि आफूहरूको जीवनमा आएको उल्लेखनीय परिवर्तनको अनुभव सुनाएका थिए । उहाँहरूका अनुसार लघुबित्तमा आवद्ध भएपछि नियमित बचत, सहज ऋण पहुँच र वित्तीय अनुशासनले गर्दा आफूहरुको आर्थिक अवस्था मजबुत हुनुका साथै पारिवारिक निर्णय प्रक्रियामा महिलाहरूको अनिवार्य सहभागिता लगायतमा परिवर्तन हुदैँ आइरहेको छ । आफ्नै आम्दानीबाट व्यवसाय सञ्चालन गर्न थालेपछि आत्मविश्वास, सामाजिक पहिचान र सम्मानमा समेत वृद्धि भएको अनुभव उहाँहरूले सुनाउनुभएको थियो ।
लघुवित्त संस्था (नेशनल लघुवित्त)ले गाउँ–गाउँमा महिला सशक्तिकरण, स्वरोजगार प्रवद्र्धन र वित्तीय पहुँचको विस्तारमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा संस्थाका गतिविधिहरू थप प्रभावकारी र समावेशी बनाउन उहाँहरुले सुझाब दिएका थिए । यस्तै, संस्थाको सदस्यता विस्तार, प्रभावकारी रुपमा कार्यक्रम सञ्चालनमा आफूहरूको सकारात्मक सहयोगको प्रतिबद्धता छन् ।
15.12¡ÆC