अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको महिला टोली चाइनिज ताइपेईसँग पराजित

मंसिर १७, २०८२ मा प्रकाशित
Published at मंसिर १७, २०८२

172 views

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ ।

नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो ।

हिजोको खेलमा नेपाल चाइनिज ताइपेईसँग १ गोलले पराजित भएको हो । इन्डोनेसियाको योग्यकार्तामा भएको खेलमा चाइनिज ताइपेईले खेलको दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो ।

चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जित्यो । उसले इन्डोनेसियालाई ५ गोलले हराएको थियो । नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web