त्रिदेशीय महिला फुटबल नेपालले चाइनिज ताइपेइसँग खेल्दै

काठमाडौँ । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो ।

फिफा महिला वरियतामा नेपाल ८९औं स्थानमा छ भने चाइनिज ताइपेइ ४२औं स्थानमा छ ।

प्रतिक्रिया

TOP