पञ्चमिलन माविको वार्षिकोत्सवमा अध्यक्ष अधिकारीद्वारा तत्काल २ लाख सहयोग, ICT को लागी ६ लाखको प्रतिबद्वता 

मंसिर १५, २०८२ मा प्रकाशित | 195 views


नुवाकोट । तारकेश्वर गाउँपालिका–१, फलाँटेस्थित पञ्चमिलन माध्यमिक विद्यालयको ३०औं वार्षिकोत्सव विशेष सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख वक्ता तथा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विद्यालयको समग्र प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै तत्कालका लागि विभिन्न शीर्षकमा रु. २ लाख बराबरको सहयोग घोषणा गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले विद्यार्थीको शैक्षिक अनुभव समृद्ध बनाउन शैक्षिक भ्रमणका लागि रु. १ लाख, वार्षिकोत्सव संचालन सहयोगस्वरूप रु. ५० हजार र आवश्यक फर्निचर खरिदका लागि रु ५० हजार उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको हो ।

सहभागीहरूलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्यले विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो।

उहाँले समयअनुकूल प्रविधिमैत्री शिक्षामा जोड दिँदै उहाँले आगामी गाउँपालिकाको बजेटमार्फत विद्यालयलाई रु. ६ लाख ५० हजार मूल्य बराबरको ICT प्रविधि प्रदान गरिने प्रतिबद्वता जनाउनुभयो ।

कार्यक्रमले शिक्षाको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री विद्यालय निर्माण तथा विद्यार्थीमैत्री वातावरण सुदृढीकरणतर्फ सकारात्मक सन्देश प्रवाह भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web