कर्णालीले दियो काठमान्डुलाई १ सय ५० रनको लक्ष्य

मंसिर १४, २०८२ मा प्रकाशित | 219 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमान्डु गाेर्खाजलाई १ सय ५० रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे कर्णालीले २० ‌ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायाे । कर्णालीका गुल्सन झाले नटआउट ४९, पवन सर्राफले ३५, मार्क वाटले ३० रन बनाए । काठमान्डुका राशिद खानले २ विकेट लिए ।

काठमाण्डौ ५ खेलमा ३ जीत र २ हारसहित ६ अङ्क जोड्दै तालिकाको तेश्रो स्थानमा छ । कर्णाली ४ खेलमा १ जीत र तीन हारसहित २ अङ्कका साथ छैटौं स्थानमा छ । दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web