
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले विराटनगर किङ्ग्सलाई १ सय ७५ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायाे । चितवनका रवि बाेपाराले ६५, देव खनालले २८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।
विराटनगर तीन वटै खेल जितेर ६ अङ्कका साथ तालिकाकाे दाेस्राे स्थानमा छ । चितवन दुई खेलमा २ अङ्क जाेडेर पाँचाैं स्थानमा छ ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।
25.7¡ÆC