महादेव माविका छात्रा निरुता रोकायालाई डिप्रोक्स लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

मंसिर १०, २०८२ मा प्रकाशित | 126 views


नुवाकोट । सामाजिक उत्तरदायित्वअन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्था बिदुर शाखाले बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा अवस्थित महादेव माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा निरुता रोकायालाई पाँच हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।

विद्यार्थीको शैक्षिक उन्नति तथा प्रेरणालाई लक्षित गर्दै प्रदान गरिएको छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ । नियमित सामाजिक उत्तरदायित्व अन्तर्गत रोकायालाई छात्रवृत्ति दिइएको शाखा प्रबन्धक दीपक घिमिरेले बताउनुभयो ।

छात्रवृत्ति प्रदान गरेसगै विद्यालय व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष भाइराम नेपालले डिप्रोक्स लघुवित्त तथा बिदुर शाखाका शाखा प्रबन्धक दीपक घिमिरे सहित डिप्रोक्स लघुवित्तलाई धन्यवाद दिइएको छ ।

सँस्थाको उक्त कार्यले विद्यालय, विद्यार्थी तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web