
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
काठमान्डुका कप्तान करण केसीले ११ बलमा नटआउट ३४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नइब र कप्तान रोहित पौडेलले २/२ विकेट लिए ।
29.12¡ÆC