दृष्टिविहीन महिला क्रिकेट टिम सम्मानित

मंसिर ९, २०८२ मा प्रकाशित | 135 views


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सम्पन्न दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान गरेको छ ।

क्यानले एक कार्यक्रम आयोजना गरी टिमलाई सम्मान गर्दै क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड, नेपाल (CAB, Nepal) लाई नगद दस लाख रुपैयाँ (रु. १०,००,०००) प्रदान गरेको हो ।

​नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमले भारत र श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी(२० विश्वकप, २०२५ मा उपविजेता बनेको थियो। फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web