एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदै

मंसिर ५, २०८२ मा प्रकाशित | 182 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको फराकिलो हार व्यहोरेको थियो । तालिकाको सातौँ स्थानमा रहेको पोखरा अंकविहीन छ ।

यता, पोखराविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदूरपश्चिमले यसअघि दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो । पहिलो खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ ।

यसअघि एनपीएलको पहिलो संस्करणमा यी दुई टिम एकपटक आमनेसामने भएका थिए । उक्त खेलमा चितवनले सुदूरपश्चिविरुद्ध ३३ रनको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web