चितवनले लुम्बिनीलाई दियो १ सय ४३ रनको लक्ष्य

मंसिर ४, २०८२ मा प्रकाशित | 121 views


काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले लुम्बिनी लायन्सलाई १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायाे । चितवनका रवि बाेपाराले ६६ रन बनाए । प्रतियाेगितामा बाेपाराकाे याे लगातार दाेस्राे अर्धशतक हाे । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए ।

प्रतियाेगितामा लुम्बिनीकाे याे पहिलाे खेल हाे । चितवनले यसअघि आफ्नाे पहिलाे खेलमा कर्णाली याक्सलाई हराएकाे थियाे ।

एनपीएलमा चितवन, लुम्बिनी, काठमान्डु गाेर्खाज, सुदूरपश्चिम राेयल्स, जनकपुर बाेल्ट्स, विराटनगर किङ्ग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web