शेयर बजारमा नेप्से र कारोबार दुवै घट्यो

कार्तिक १७, २०८२ मा प्रकाशित | 310 views


काठमाडौँ । शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से आठ दशमलव २४ अङ्कले घटेर दुई हजार छ सय २२ दशमलव ८९ अङ्कमा झरेको छ । आज जलविद्युत् र जीवनबीमा समूहको शेयर एक प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लाग्यो । समग्रमा बजार घटे पनि आज मुक्तिनाथ कृषि कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो नौ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय ३३ वटा कम्पनीका एक करोड २१ लाख कित्ता शेयर छ अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web