अत्यावश्यक परेमा मात्रै राहदानीको लागि आवेदन दिन विभागको आग्रह

कार्तिक १७, २०८२ मा प्रकाशित
Published at कार्तिक १७, २०८२

114 views

काठमाडौँ । ठेक्का प्रक्रियामा ढिलाइ भएपछि राहदानी पुस्तिका अभाव हुने स्थिति सिर्जना भएको छ । राहदानी विभागले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म दैनिक (सार्वजनिक बिदा बाहेक) अधिकतम १,००० राहदानी मात्र वितरण गर्ने जनाएको छ ।

विभागका अनुसार नयाँ आपूर्तिकर्तासँग गत साउनमा सम्झौता भइसकेको छ र आगामी फागुन ११ देखि नयाँ प्रणालीमार्फत सेवा सुरु हुने तयारी भइरहेको छ । तर हालको आपूर्तिकर्तासँग ह्यान्डओभर–टेकओभर प्रक्रिया, सीमित पुस्तिका र बढी मागका कारण वितरणमा समस्या आएको विभागले स्पष्ट गरेको छ ।

विभागले अत्यावश्यक सेवाग्राही मात्र राहदानीका लागि आवेदन दिन अनुरोध गर्दै अनधिकृत व्यक्तिको भर नपर्न तथा ठगीबाट सावधान रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.