मौसममा केही सुधार, पश्चिमी वायूको प्रभाव कायमै

कार्तिक १७, २०८२ मा प्रकाशित
Published at कार्तिक १७, २०८२

68 views

काठमाडौँ । हिजो दिउँसोको तुलनामा मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायूको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि तथा पर्यटन क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.