पुल सञ्चालन र सडक विस्तारमा ५ बजेसम्म कुनै जवाफ नआए भोलिदेखि वेत्रावती बन्दको घोषणा

कार्तिक १३, २०८२ मा प्रकाशित | 167 views


विदुर । रसुवाको प्रवेशद्वार मानिने बेत्रावती क्षेत्रका स्थानीयवासीहरू ६ वर्षदेखि अलपत्र रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँशी सडक आयोजना अन्तर्गतको सडक स्तरउन्नती र निर्माण सम्पन्न भएको पुल सञ्चालनमा ढिलो भएको भन्दै अत्यन्त आक्रोशित बनेका छन्। यसअघि सम्बन्धित निकाय तथा सरोकारवालाहरुलाई पटक पटक गराएको जानकारीको अटेर गरेको भन्दै वेत्रावतीबासीले चौविस घण्टाभित्र कुनै निर्णय नआए वेत्रावती बन्दको चेतावनी दिएका छन् ।

सडक विस्तार र बनिसकेको पुल सञ्चालन नहुदाँ धुलो, हिलो, आवत–जावतमा असहजता र जनस्वास्थ्यमा असर पर्ने समस्याले स्थानीय बासिन्दाले दीर्घकालीन पीडा भोग्दै आएपछि स्थानीय सरोकारवालाहरुले सयुक्त रुपमा चौविस घण्टे चेतावनी दिएको हो ।

उनीहरुले भनेका छन् “अझ विडम्बना त के छ भने, आयोजनाको निर्माण कार्य अधुरै हुँदा, सडकको अवस्था झनै बिनासंकट बन्न पुगेको छ। मुआब्जा वितरणमा ढिलाइ, प्राविधिक लापरवाही, ठेक्का कम्पनीको काम नगर्ने प्रवृत्ति र सरकारी निकायको बेवास्ता कारण समस्या झनै जटिल बन्दै गएको छ।”

बेत्रावतीका स्थानीयहरूका अनुसार, यसबारे पटक–पटक उत्तरगया गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रसुवा, सडक आयोजना कार्यालय लगायत सरोकारवाला निकायहरूमा गुहार गरिए पनि सुनुवाइ नभएपछि बाध्य भएर वेत्रावती बन्दको तयारी गरिएको हो ।

वेत्रावती निवासी गणेश श्रेष्ठ, शान्ता खडका, लेखनाथ अधिकारी, शशि डङ्गोल सहितको वेत्रावतीबासीले आज कार्तिक १३ गते साँझ ५ बजेसम्म पनि कुनै आधिकारिक प्रतिक्रिया प्राप्त नभएमा स्थानीयहरूले भोलि कार्तिक १४ गते बिहान ६ बजेदेखि अनिश्चितकालिन सडक अवरोधसहित ‘रसुवा बन्द’ गर्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web