
नुवाकोट । काठमाडौ उपत्यकाको फोहर बिसर्जन हुदैँ आएको बञ्चरेडाँडामा स्थानीयबासीको अबरोधले आज बिहानदेखि रोकिएको छ । नुवाकोटको ककनी र धादिङको धुनिवेशीँ स्थित फोहर बिसर्जन हुदैँ आएका क्षेत्रका प्रभावित स्थानीयको अबरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडीहरु बिर्सजन नगरी फर्किएका छन् ।
फोहर बिसर्जन कार्य बैज्ञानिक रुपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अबरोध गरेको धुनिवेशी नगरपालिका–१ का स्थानीय दिपेन्द्र लामाले जानकारी दिनुभयो ।
उहाँको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागी विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रुपमा राखिएको छ ।
नुवाकोटको ककनी गाँउपालिका–१ र २ तथा धादिङको धुनिवेशीँ नगरपालिका–१, २ र ३ वडाका सयौँ स्थानीयबासी दुई जिल्लाको संगम ढाँडे स्थित सडकमा बसेर फोहर बिसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका छन् ।
उनीहरुले विसंं.२०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर बिसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, र फोहर बिसर्जन पश्चात लिच्चड खोलामा जान नदिन बैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहितको काठमाडौ महानगरपालिकासंग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
उक्त सहमति कार्यान्वयन नहुदाँ प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् ।
आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह (बालेन) नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको सङ्ख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।
स्थानीयले स्वःस्फूर्त रुपमा संगठित भएर विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको फोहर बिसर्जनको अबरोधमा ककनी, बेलकोटगढी र धुनिवेशीँका जनप्रतिनिधि र दलीय प्रतिनिधिले पनि साथ दिएका छन् ।
15.25¡ÆC