दुबै मिर्गौला फेल भएका पूर्ण बहादुरको उपचारमा ‘कपिल एलिना फाउण्डेशन’बाट १ लाख ८८ हजार सहयोग

कार्तिक १२, २०८२ मा प्रकाशित | 443 views


काठमाडौ । नुवाकोटको सूर्यगढी गाउँपालिका पडा न. ४ निवासी पूर्ण बहादुर थापामगरको उपचारका लागि आर्थिक सहयोग संकलनको क्रम जारी छ। युवा अवस्थामै दुबै मिर्गौला फेल भएपछि उहाँको उपचारमा आर्थिक समस्या भएकाले अहिले दाताहरुसंग गरिएको अपिलसगैँ रकम संकलन हुनेक्रम जारी रहेको हो ।

उपचारको क्रममा आफूसंग भएको खर्च सकिएपछि उहाँले समाजका सहयोगी मनहरुलाई आर्थिक अपिल गर्नुभएको थियो। उक्त अपिललाई मनन गर्दै हाल अमेरिका निवासी, नुवाकोटमै जन्मिनुभएका युवा व्यवसायी कपिल भण्डारीले १ लाख ८८ हजार ९८५ रुपैयाँ सहयोग गर्नुभएको छ।
उहाँले आफ्नो दम्पत्तिको नाममा स्थापना गर्नुभएको ‘कपिल एलिना फाउण्डेशन’ मार्फत उक्त रकम सहयोग गर्नुभएको हो।

उहाँको उपचारका लागि आर्थिक श्रोत संकलनमा सक्रिय रहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सुवन गिरीको पहलमा अमेरिका निवासी नेपाल आउनुभएका भण्डारीसँग समन्वय गरी उपचारको लागी आर्थिक सहयोग जुटाइएको हो।

नुवाकोट सहित नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागी सहयोग गर्दै आउनुभएका सामाजसेवी भण्डारी मार्फत प्राप्त भएको रकमले पूर्ण बहादुरको जीवनरक्षामा महत्वपूर्ण टेवा पुर्‍याउने र थप दाताहरुबाट पनि आर्थिक सहायताको लागी आब्हान गरिएको छ ।

सूर्यगढी गाँउपालिका–४ निवासी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेश संयोजक समेत रहनुभएका सुवन गिरीको पहल मार्फत स्थानीय चिनजान, समाजसेवीहरुसंग आर्थिक सहयोग जुटाई पूर्णबहादुरको उपचार भइरहेको छ । संकलन गरिएको रकमले हालसम्मको उपचार सहज भएपनि आगामी दिनमा थप खर्च आवश्यक हुने भएकाले सहयोगी मनहरुलाई थप सहयोग गर्न पनि अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web