अन्नपूर्ण पदयात्रामा फसे पर्यटक, उद्धार टोली परिचालित

कार्तिक ११, २०८२ मा प्रकाशित | 416 views


काठमाडौँ । अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो ।

सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो । उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए ।

अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web