सुनको भाउ २ हजार ९०० ले घट्यो

कार्तिक ११, २०८२ मा प्रकाशित | 349 views


काठमाडौँ । आज सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web