सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो

कार्तिक २, २०८२ मा प्रकाशित | 813 views


काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web