अध्यक्ष अधिकारीबाट दुई वडाका ४ युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

अशोज २८, २०८२ मा प्रकाशित | 707 views


नुवाकोट । चाडपर्वको अवसरमा युवाहरूको हौसला बढाउने उद्देश्यले तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा नं. १ का तीन र वडा नं. ५ को एक गरी चारवटा युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ।

युवाहरूको जोश, उत्साह र प्रतिभालाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न प्रतियोगितामा उपयोगी हुने खेलकुद सामग्रीहरू प्रदान गरिएको हो। अध्यक्ष अधिकारीले युवा क्लबहरूलाई आगामी दिनमा अझ सक्रिय र अनुशासित भएर समाज निर्माणमा लाग्न शुभकामनासमेत दिनुभयो।

हस्तान्तरण कार्यक्रममा पालिकाका अन्य प्रतिनिधिहरू, वडा अध्यक्षहरू तथा क्लब प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

१) श्री सिर्जनशिल समाज सुधार युवा क्लव, वडा नं १, दाङसिङ
– जर्सि १८ सेट
– फूटवल ४ सेट
– ब्याडमिन्टन य्राकेट २ सेट
– ब्याडमिन्टन कर्क १० पिस
– फुटवल ट्रेनिङ कोण १० पिस
– पम्प १ थान
२) श्री सेलगाङ युवा समाज, वडा नं १, सेलडाँडा
– जर्सि १३ सेट
– फुटवल ४ थान
– फुटवल नेट १ सेट
– पम्प १ थान
३) श्री जन्तरेगढी युवा क्लव, वडा नं १, जन्तरे
– जर्सि १३ सेट
– फुटवल ४ थान
– फुटवल नेट १ सेट
– पम्प १ थान
४) श्री सयपत्री युवा क्लव, वडा नं ५, निग्लेनी
– जर्सि १३ सेट
– फुटवल ४ थान
– फुटवल नेट १ सेट
– पम्प १ थान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web