तारकेश्वर-३ का विद्यालयमा आकस्मिक अनुगमन, कमजोरी तत्काल सुधारको निर्देशन

अशोज २८, २०८२ मा प्रकाशित | 177 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. ३ का सबै विद्यालयमा आकस्मिक अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को निर्देशनमा शिक्षा सहजकर्ता मञ्जु प्रधानको नेतृत्वमा गाउँ प्रहरी सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रशासकीय कमजोरीहरू पाइएकोले अध्यक्ष अधिकारीले ती कमीकमजोरी तत्काल सुधार गर्न विद्यालयहरूलाई निर्देशन दिनुभएको छ । उहाँले गुणस्तरीय र बालमैत्री शिक्षा सुनिश्चित गर्न नयाँ र परिष्कृत तरिकाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

केही विद्यालयमा भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको अभाव देखिएको भन्दै गाउँपालिकाले तुरुन्तै सुधारका काम सुरु गर्ने जानकारी गराइएको छ । साथै, जातीय मौलिक पोशाक तथा ‘बुक फ्री डे’ जस्ता कार्यक्रमलाई पूर्ण रूपमा प्रभावकारी बनाउने विषयमा पनि विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web