नेपालले यूएईलाई १ रनले हरायो, खेल निकै रोमाञ्चक

अशोज २६, २०८२ मा प्रकाशित | 293 views


काठमाडौ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ४१ रनको लक्ष्य दिएको छ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा आज भएको लिग चरणतर्फको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ५१ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै, कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक एक विकेट लिनुभयो । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यस्तै युएईले समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा स्थान बनाएको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।

दुवै टोलीले लिग चरणमा दुई अङ्क लिएर आएकोले हराउनेलाई विश्वकप यात्रा तय गर्न थप सहज बन्ने भएकाले यो जितले नेपाललाई विश्वकपको यात्रा सहज बनाएको छ । नेपाल अघिल्लो विश्वकपमा छनोट हुनको लागी पनि युएईलाई नै हराएको थियो ।

त्यसको बदला लिदै एसिया कपको छनोटमा भने युएईले नेपाललाई हराएर स्थान बनाएको थियो । यी दुई टोलीबिच यसअघि १० खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच पाँच खेल जितेका थिए । आजको खेलमा १ रनले जित्नेक्रममा खेल निकै रोमाञ्चक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web