तारकेश्वर गाउँपालिका अध्यक्ष अबदेखि प्रमुख अतिथिका रूपमा सहभागी नहुने

अशोज २५, २०८२ मा प्रकाशित | 786 views

तारकेश्वर गाउँपालिका अध्यक्ष अबदेखि प्रमुख अतिथिका रूपमा सहभागी नहुने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गाउँपालिका भित्रका सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य केन्द्र तथा सहकारी संस्थाहरूले गर्ने कार्यक्रमहरूलाई मितव्ययी बनाउन महँगा खादा, आयातित फूलका माला, ब्याज आदिको प्रयोग निषेध गर्दै स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन दिनुभएको छ ।

योसँगै, अध्यक्ष अधिकारीले अबदेखि आफू कुनै पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नहुने बताउनुभएको छ ।

आज नेपाल रेडक्रस सोसाइटी तारुका उपशाखाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यी दुई निर्णयबारे जानकारी दिनुभयो ।

नियमित जसो भइरहने कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदा लामो समय व्यतीत हुने भएकाले गाउँपालिका अध्यक्षका रूपमा गर्नुपर्ने जनसेवाका कार्यहरूका लागि थप व्यवस्थापन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उहाँले बताउनुभएको हो ।
उहाँको यस निर्णयको चौतर्फी प्रशंसा हुन सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web