तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा अध्यक्षको सचिवालय खारेज

नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले अध्यक्षको सचिवालय खारेज गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले सूचना जारी गर्दै असोज २२ गतेदेखि लागु हुने गरी गाउँपालिका अध्यक्षको सचिवालय खारेज गरिएको जानकारी दिनुभएको हो।

सूचनामा भनिएको छ, “गाउँपालिकाको अध्यक्षसँग सम्पर्क तथा समन्वयको कार्य अब सिधै गाउँपालिका अध्यक्षको कार्यकक्षबाट सञ्चालन हुनेछ।”

अध्यक्षसंग पालिकाबासी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै सचिवालयमार्फत हुने कामकाज अब सिधै अध्यक्षको कार्यकक्षबाट सञ्चालन हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

उहाँको यस निर्णयले गाँउपालिकाको सेवा प्रवाह सरल, सहज हुनेछ भने सेवाग्राहीको गुनासो, सुझाब र सल्लाह सिधैँ अध्यक्षसंग राख्न सक्ने वातावरण हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

TOP