लाङटाङ पदयात्रामा गएका ४ जना बेपत्ता

अशोज १९, २०८२ मा प्रकाशित | 292 views


काठमाडौँ । रसुवाको लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट अस्ति शुक्रवार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेपत्ता हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ का २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web