दशैँमा सुरक्षा सावधानी अपनाउन विदुरका नगरप्रमुख राजन श्रेष्ठको आग्रह

अशोज ४, २०८२ मा प्रकाशित | 359 views


नुवाकोट । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले आसन्न दशैँ पर्वलाई लक्षित गर्दै सुरक्षा चुनौती बढेको बताउनुभएको छ।

उहाँका अनुसार जेन्जी पुस्ताले अगाडि सारेको आन्दोलनको क्रममा धेरै कैदीबन्दी फरार भएका कारण मुलुकभर, विशेषगरी शहरी क्षेत्रमा सुरक्षा जोखिम बढेको छ। चाडपर्वको समयमा घर पूरै बन्द गरेर बाहिर जाने क्रम बढ्ने भएकाले नगरवासीलाई सावधानी अपनाउन आग्रह गर्नुभयो। 

“आफ्नो धनसम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुहोला,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “चाडपर्व रमाइलोको समय हो, तर यसै मौकाको फाइदा उठाउने तत्त्वहरू पनि सक्रिय हुन सक्छन्।”

अहिलेको सक्रमणकालीन अबस्थालाई सामान्य रुपमा नलिनको लागी उहाँले नगरबासीलाई सचेत हनु सुझाब दिनुभयो । सुरक्षा निकायसंगको सहकार्यमा नगरप्रहरी पनि परिचालन गरेर नगरलाई शान्तिपूर्ण बनाउन प्रयास हुने अवगत गराउदै विगतको वर्षको भन्दा यो पटक सुरक्षा चुनौती बढेकाले सावधानी अपनाई चाडपर्वलाई उल्लासपूर्ण बनाउन उहाँले आग्रह गर्नुभयो । 

कोलनीमा आयोजित ‘बडा दशैँ ब्याडमिन्टन कप प्रतियोगिता’को शनिबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेन्जी पुस्ताले उठाएका मागहरू क्रमशः कार्यान्वयन हुँदै गएको उल्लेख गर्नुभयो। “यस परिवर्तन प्रक्रियाबाट नै शान्ति र समृद्धिको दिशामा देश अघि बढ्नेछ भन्ने विश्वास लिएको छु,” उहाँको भनाइ थियो।

विदुर नगरपालिका अहिलेको संक्रमणकालीन परिस्थितिमा जनअपेक्षा अनुसार सुशासन, गरिबी निवारण, रोजगारीको सिर्जना र समृद्धिको दिशामा क्रियाशील रहेको उहाँले बताउनुभयो।

जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख श्रेष्ठले शोकसंतप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले आगामी दिनमा जेन्जी पुस्ताले थप संघर्ष गर्न नपर्ने वातावरण निर्माण गर्न विकासका गतिविधि तीव्र रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web