क्षतिको बीमा दाबी गर्न प्राधिकरणको आग्रह

भदौ ३०, २०८२ मा प्रकाशित | 139 views

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो । बीमितहरूले बीमालेखको सर्तबमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बीमा कम्पनीले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web