काठमाण्डौ र पोखरामा जलेको भवनभित्र तीन वटा शव भेटियो

भदौ २५, २०८२ मा प्रकाशित | 250 views


काठमाडौँ । हिजो आन्दोलनकारीले जलाइदिएको भवनभित्र काठमाण्डाै र कास्कीकाे पोखरामा गरी ३ वटा शव भेटिएको छ ।

प्रहरीका अनुसार पोखरा लेकसाइडमा रहेको गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको हो ।

बिहान विन्दुकुमार थापाका भाइ ध्रुवा थापाको नयाँबजारमा रहेको घरमा रहेको गाडीको शाेरूममा पनि एक महिलाको शव फेला परेको थियो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गङ्गा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले हिजो ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो । जलेको अवस्थामा फेला परेको पुरुषको शव पहिचान हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web