रसुवा कारागारमा हड्ताल, तीनजना भागे, अरुपनि भाग्नलाई तयार 

भदौ २५, २०८२ मा प्रकाशित | 338 views


धुञ्चे । रसुवा कारागारमा कैदीहरूले हड्ताल गरिरहेको क्रममा तीन जना कैदी कारागारबाट फरार भएका छन्।

तीमध्ये एक जनालाई सुरक्षाकर्मीहरूले पक्राउ गरिसकेका छन् भने बाँकी दुई जनाको खोजी कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सेना परिचालन र कर्फ्युको समयमा नै बन्दी र कैदीहरूले आन्दोलन गर्दै भाग्ने प्रयास गरिरहेका छन् ।

कारागारमा ९७ जना कैदीबन्दी रहेका छन् । उनीहरु झोला सहित भाग्नलाई अहिले गेटमा नाराबाजी गरिरहेका छन् ।

सैनिक परिचालन भएपनि उनीहरु मौन देखिनएका छन् । भागिसकेका ३ जना मध्ये तत्कालै तैनाथ सुरक्षाकर्मीहरूले एक जना कैदी पक्राउ परेका छन् भने बाँकी फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीले टोली खटाएको छ।

प्रहरीलाई नेपाली सेनाबाट सहयोग नहुदाँ रसुवा कारागारमा कैदी र बन्दीको अराजकता भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web