
काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले ‘जेन जी’ समूहलाई संयमित हुन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ‘जेन जी’ लाई संयमित हुन आग्रह गर्नुभएकाे हाे ।
डा. रुइतले सबै मिलेर देश जाेगाउन र सबै जुटेर देश बनाउन पनि आग्रह गर्नुभएकाे छ । साथै सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्न र नष्ट गर्न नहुने उहाँको भनाइ छ ।
परिवर्तनका लागि ‘जेन जी’ ले अदम्य साहस देखाएको भन्दै रुइतले भन्नुभएकाे छ, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौं । सबै मिलेर देश जोगाऔँ, सबै जुटेर देश बनाऔँ ।’
जेनजी पुस्ताले स्वस्फूर्तः आह्वान गरेको आन्दोलन आज दोस्रो दिन पनि चलिरहेको छ । हिजो १९ जनाको ज्यान गएपछि अवस्था थप जटिल बनेको छ । आन्दोलनको दोस्रो दिन काठमाण्डौ उपत्यकासहित देशैभर प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् ।
19.67¡ÆC