महानगर प्रमुख बालेनले भने अब संयमित हुनुहोला

भदौ २४, २०८२ मा प्रकाशित | 621 views


काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ ।
महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गर्नुभएको हो ।   
 
“देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो, अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, तयार रहनुहोला”, उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web