काँग्रेस र एमालेको पाटी कार्यालय तथा काँग्रेस नेता केसीको घरमा आगजनी

भदौ २४, २०८२ मा प्रकाशित | 167 views


नुवाकोट । नेपाली काँग्रेस नुवाकोट र नेकपा (एमाले) नुवाकोटको विदुर स्थित जिल्ला पाटी कार्यालयमा आगजनी भएको छ ।

यस्तै, काँग्रेस नेता अर्जुननरसिंह केसीको घरमा पनि आन्दोलनकारीले आगो लगाएर क्षति पु-याइदिएका छन् । आगजनीबाट दुवै राजनीतिक दलको पाटी कार्यालय र नेता केसीको घरमा रहेका सम्पूर्ण सामाग्रि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक बिक्रम लामाले जानकारी दिनुभयो । उहाँको अनुसार दुई राजनीतिक दलको पाटी कार्यालयका कागजात, फर्निचर सहितका सामाग्रि र भवन पूर्ण रुपमा जलेको छ ।

केसीको घरमा रहेका भाडावर्तन, लत्ताकपडा, फर्निचर पाटी सञ्चालनसंग सम्बन्धित कागजात सहितको धनसम्पत्ति पूर्ण रुपमा जलेको छ ।

जेन्जी पुस्ताका युवाहरुको आब्हानमा अपरान्ह बट्टार बजारबाट निस्केको प्रदर्शनकारीहरुले विदुर–२ स्थित काँग्रेसको आफ्नै नाममा रहेको साढे दुई तले पक्कि भवन, विदुर–४ स्थित आफ्नै नाममा रहेको नेकपा (एमाले)को दुईतले पक्कि भवन आगजनीबाट पूर्ण क्षति भएको छ ।

विदुर–४ मा रहेको नेका नेता केसीको साढे तीनतले सुविधासम्पन्न पक्कि भवन र त्यहाँ रहेका सबै धनसामाग्रि जलेर नष्ट भएको छ ।
आगो लगाइएको कारण घर पूरै क्षति भएको छ ।

यसैबीच, विदुरमा रहेको नेकपा माओवादी केन्द्र र बट्टारमा रहेको रास्वपाको जिल्ला स्थित पाटी कार्यालयमा पनि प्रदर्शनकारीले क्षति पुराएका छन् । अर्काको घरमा कोठा भाडामा लिएर पाटी कार्यालय सञ्चालन गर्दै आएको भएकाले ती दुई पाटीको भने कार्यालयबाट सामाग्रि झिकेर सडकमा ल्याएर जलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web