ज्यान मार्ने उद्योग मुद्दाका फरार नुवाकोटका दुई सहित तीन जना पक्राउ

भदौ २२, २०८२ मा प्रकाशित | 445 views


काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २६ वर्षीय सुमन तामाङ, नुवाकोटको शिवपुरी–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३० वर्षीय कुमार तामाङ र सिन्धुपालचोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २८ वर्षीय लोप्साङ बम्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

गत साउन १२ गते गोकर्णेश्वर–५ बाहुनधारास्थित सडक खण्डमा सामूहिक रुपमा पीडितलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका तीनै जनालाई ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web