
नुवाकोट । निजामती सेवा दिवस–२०८२ को अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् ।
कर्मचारी मिलन केन्द्र र त्रिशूली अस्पतालको संयोजन रहेको कार्यक्रममा ३३ जना दाताले रक्तदान गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको परिसरमा आयोजित रक्तदान कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, कर्मचारी मिलन केन्द्रको अध्यक्ष एंव डिभिजनल वन अधिकृत रोशना पोखरेल सहित ३३ जना दाताले रक्तदान गर्नुभएको रक्तसञ्चार केन्द्र नुवाकोटका इञ्चार्ज लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार कार्यक्रममा निजामती कर्मचारी एंव राष्ट्र सेवक कर्मचारीहरुको बाहुल्यता रहेको थियो । त्यसमध्ये महिलाहरुको सहभागिता पनि उल्लेख्य रह्यो ।
निजामती सेवा दिवस–२०८२को अवसरमा जिल्ला मूल समारोह समितिको आयोजना तथा कर्मचारी मिलन केन्द्रको नेतृत्वमा विभिन्न कार्यालयको संयोजनमा विभिन्न रचनात्मक, खेलकुद, सरसफाई लगायतका कार्यक्रम गरेर सप्ताहव्यापी रुपमा दिवस मनाइएको छ ।
17.12¡ÆC